रोपाइँको तयारी । शुक्रबारदेखि अविरल पानी परेको कारण रोपाइँका लागि तयारी गर्दै कीर्तिपुरका किसान। तस्बिर: नारायण महर्जन/सेतोपाटी
आकाशबाट देखिएको बागमती करिडोर । बागमतीमा जल सतह बढ्ने क्रम जारी छ। शुक्रबार रातिदेखि काठमाडौं उपत्यकामा अविरल पानी पर्दा बागमतीमा बाढी आएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
बल्खुको तरकारी बजार डुबानमा । काठमाडौंमा लगातारको वर्षाले बल्खुको तरकारी बजार डुबानमा परेको छ। शुक्रबार रातिदेखि अविरल वर्षाका कारण बागमती नदीमा आएको बाढी तरकारी बजारमा छिरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
उर्लियो बागमती । काठमाडौं उपत्यकामा अविरल वर्षासँगै बागमतीमा पानीको सतह बढेको छ। शुक्रबार रातिदेखि लगातार पानी पर्दा बागमती नदीको जल सतह बढेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी