आजका तस्बिर- असार २१
आजका तस्बिर- असार २१
जिल्ला प्रहरी परिसरको बन्यो नयाँ भवन ।  भद्रकालीस्थित निर्माण गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन। हनुमानढोकामा रहेको प्रहरी भवन २०७२ सालको भूकम्पमा भत्किएपछि काठमाडौं प्रहरी टेकुमा सरेको थियो भने हाल टेकुमा नेपाल आयल निगमको भवनमा परिसर बस्दै आएको छ। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी 
आजका तस्बिर- असार २१
पैदलमार्ग ।  मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रारा तालको किनारमा पर्यटकका लागि निर्माण गरिएको पैदल मार्ग। यहाँ पर्यटकलाई लक्षित गरी तालको वरिपरि पैदलमार्ग र साइकल लेन निर्माण गरिएको छ। तस्बिरः सुरेश आचार्य/ रासस
आजका तस्बिर- असार २१
रोपाइँ ।  दाङको घोराही उपमहानगरपालिका–७ स्थित सौडियारका किसान शुक्रबार झरीमा प्लास्टिक ओडेर धान रोपाइँ गर्दै।तस्बिर: कुलदीप न्यौपाने/ रासस
आजका तस्बिर- असार २१
राजमार्गमा पहिरो हटाउँदै ।  कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–२ को गगनेखोलामा शुक्रबार आएको पहिरो हटाउँदै। पहिरोका कारण सडक अवरूद्ध भएको थियो। तस्बिर: मिमबहादुर रावल/ रासस
आजका तस्बिर- असार २१
अखबरेमा लटरम्म फलेका ड्रागन फ्रुट ।  दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेमा रुकुम (पूर्व) तकसेराका दिलचन बुढाले व्यावसायिक रूपमा गरेको ड्रागन खेतीमा लटरम्म फलेका ड्रागन फल। तस्बिरः कुलदीप न्यौपाने/ रासस
प्रतिक्रिया दिनुहोस्