आजका तस्बिर- असार १९
आजका तस्बिर- असार १९
स्वर्गद्वारी पहाड ।  हिमाल पारिको जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१ पिसाङमा अवस्थित स्वर्गद्वारी पहाड। अन्नपूर्ण चक्रिय पदमार्ग नजिकको यो पहाडले पर्यटकीय आकर्षण थपेको छ। तस्बिरः रामबहादुर थापा/रासस
आजका तस्बिर- असार १९
झोलुङ्गे पुल र मठबजार ।  रूकुम पश्चिमको मुसिकोट नगरपालिका-१ स्थित मठबजार र सल्लेबजार जोड्ने झोलुङ्गे पुल र पृष्ठभूमिमा देखिएको मठबजार। दुई सय ११ मिटर लामो पुल निर्माणको काम सम्पन्न भएसँगै स्थानीयलाई वारपार गर्न सहज भएको छ । : बलबहादुर ओल(बलेन्द्र)/रासस
आजका तस्बिर- असार १९
हिलाम्मे सडक ।  कोशी राजमार्ग अन्तर्गत संखुवासभाको खाँदवारी नगरपालिकाको लबिङ हिल -मानेभञ्ज्याङ सडकखण्ड वर्षाले हिलाम्मे भएपछि सडकमा फसेको ट्रक तथा बाटो पार गर्दै स्थानीय महिला। ठेकेदारले समयमा सडक कालोपत्रको काम नसक्दा बर्सेनि यहाँका स्थानीयले सास्ती खेप्दै आएका छन्। तस्बिर :सुजन बज्राचार्य / रासस
आजका तस्बिर- असार १९
चराको गुँड ।  दाङको घोराही उपमहानगरपालिका-३ स्थित बनखेतका स्थानीयको घरमा तोप चराले बनाएको आकर्षक गुँड। तस्बिर: कुलदीप न्यौपाने /रासस
आजका तस्बिर- असार १९
पोखरीमा मूर्ति बनाउँदै ।  महोत्तरी जिल्लाको ओरही नगरपालिका-७ स्थित सोनामाई मन्दिर अगाडि रहेको पोखरीमा शेषनागको मूर्ति बनाउँदै शिल्पी। तस्बिर: सञ्जीतकुमार मण्डल/रासस
प्रतिक्रिया दिनुहोस्