आजका तस्बिर: असार १८
आजका तस्बिर: असार १८
पत्र मञ्जुसा ।  काठमाडौँको बसन्तपुरमा हुलाक विभागले राखेको पत्र मञ्जुसा। मानिसहरूको चिठ्ठी ओसारपोसार गर्ने हुलाक नेपालको पुरानो संचार मध्यम हो। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी
आजका तस्बिर: असार १८
झोलुंगे पुल र खलंगा बजार ।  रूकुम पश्चिमको मुसीकोट नगरपालिका-१ स्थित जिल्ला सदरमुकाम खलंगा बजार र खलंगालाई सल्लेबजारसँग जोड्ने झोलुंगे पुल। तस्बिरः बलबहादुर ओली/ रासस
आजका तस्बिर: असार १८
पाक्दै गरेको चैते धान ।  गुल्मीको इस्मा गाउॅपालिका-१ अन्तरगत छल्दी नदी किनारमा रहेको खेतमा पाक्दै गरेको चैते धान। तस्बिर: जनार्दन घिमिरे/रासस
आजका तस्बिर: असार १८
डाँडागाउँ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित डाँडागाउँको रमणीय दृश्य। तस्बिरः कमल खत्री/ रासस
आजका तस्बिर: असार १८
ढकमक्क कमल ।  दाङको घोराही उपमहानगरपालिका-८ स्थित ढिकपुरको दुन्द्रा पोखरीमा ढकमक्क फुलेको रातो कमलको फूल। तस्बिर: कुलदीप न्यौपाने /रासस
प्रतिक्रिया दिनुहोस्