आजका तस्बिर- असार ११
आजका तस्बिर- असार ११
दियालो बंगला ।  चितवनस्थित दियालो बंगलाको निरीक्षणपश्चात सामूहिक तस्बिर खिचाउँदै पर्यटन मन्त्री हितबहादुर तामाङ, भरतपुर महानगरप्रमुख रेनु दाहाल लगायत। यो शाहकालीन राजाहरूले प्रयोग गर्ने बंगला पर्यटन क्षेत्रको रूपमा विकास गर्दै सर्वसाधारणको लागि खुलाउने तयारी रहेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असार ११
मादी सेती र त्रिशूली नदीको सङ्गमस्थल ।  तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ स्थित मादीसेती र त्रिशूली नदीको सङ्गमस्थल। तस्बिर: मिला दरै/रासस
आजका तस्बिर- असार ११
चट्टानी पहाड छिचोलेर सडक ।  लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङको चामे जोड्ने सडक अन्तर्गत दुई जिल्लाको सीमास्थल म्यार्दी खोलाछेउको चट्टानी पहाड छिचोलेर निर्माण गरिएको सडक। जोखिमपूर्ण मानिने उक्त सडकको ‘ट्रयाक’ नेपाली सेनाले खोलेको हो। तस्बिर: रामबहादुर थापा/रासस
आजका तस्बिर- असार ११
पिसाङ गाउँ ।  हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ स्थित पिसाङ गाउँ। सामुद्रिक सतहदेखि ३३ सय मिटरको उचाइमा अवस्थित पिसाङ विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्दछ। तस्बिर: रामबहादुर थापा/रासस
आजका तस्बिर- असार ११
जानकी मन्दिर ।  प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित मुगल शैलीमा निर्मित जानकी मन्दिर । हिन्दुको आस्थाको केन्द्रका रुपमा रहेको यस मन्दिर धार्मिक र सांस्कृतिक रुपमा सम्पन्न मैथिली सभ्यताको धरोहरको रूपमा परिचित रहेको छ। तस्बिर: भेषराज कार्की/रासस
प्रतिक्रिया दिनुहोस्