मनाङ गाउँ । हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित मनाङ गाउँ। प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने उक्त गाउँ पर्यटकको रोजाइमा पर्ने गरेको छ। तस्बिरः रामबहादुर थापा/ रासस
पहाड काटेर बनाइएको बाटो । तनहुँको ॠषिङ्ग गाउँपालिका-८ अजम्बरीमा पहाड काटेर बनाइएको बाटो। यही बाटो हुँदै गाउँपालिकाको प्रमुख प्रशासकीय केन्द्र पोखरीभञ्ज्याङ्ग पुग्न सकिन्छ। तस्बिर: कृष्ण न्यौपाने/ रासस
बेनी बजार । म्याग्दीको पर्यटकीयस्थल 'लभ्लीहिल'बाट देखिएको म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार,पारीबेनी र मल्लाज आसपासको दृश्य। तस्बिरः ध्रुवसागर शर्मा/ रासस
कनकासुन्दरी मन्दिर । जुम्लाको कनकासुन्दरी गाउँपालिका-४ मा रहेको एतिहासिक कनकासुन्दरी मन्दिर र आसपासको दृश्य। तस्बिर: सुरेश आचार्य/ रासस
सिंजा उपत्यका । नेपाली खसभाषाको उद्गमस्थल जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित सिंजा उपत्यका। तस्बिर: विजय रावत/ रासस