आजका तस्बिर- असार ९
आजका तस्बिर- असार ९
पहिरोले डुम्रे–बेँसीसहर सडक अवरूद्ध ।  गएरातिदेखि भएको निरन्तर वर्षाले डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आइतबार बिहान गएको पहिरोले अवरूद्ध भएको सडक। पहिराका कारण सवारी साधन तथा यात्रुहरू अलपत्र परेका छन्। तस्बिर जनक श्रेष्ठ/रासस
आजका तस्बिर- असार ९
चामेबजार ।  हिमालपारिको जिल्ला मनाङको सदरमुकाम चामेबजार। चामे हुँदै अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा गर्न सकिन्छ। तस्बिरः रामबहादुर थापा/रासस
आजका तस्बिर- असार ९
ड्रम–सिडर यन्त्रबाट रोपाइँ ।  सुनसरीको इनरुवा–९ मा आइतबार ड्रम–सिडर यन्त्रबाट धानको बीउ छर्दै किसान। हिलाम्ये खेतमा यन्त्रबाट धान छरेर गरिने यो विधिले श्रम र लागतको बचत हुने किसानको अनुभव छ। बीउ राख्न र रोपाइँ गर्नु नपर्ने भएपछि यो प्रविधिमा किसानका लागि आकर्षण बढ्दो छ। तस्बिर:नवीन गड्तौला/ रासस
आजका तस्बिर- असार ९
पर्यटकीय तुर्लुङकोट दुरागाउँ ।  लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ११ स्थित पर्यटकीय तुर्लुङकोट दुरागाउँ । यहाँ घरबास सञ्चालनमा रहेको छ । तस्बिरः जनक श्रेष्ठ/रासस
आजका तस्बिर- असार ९
दोवा गाउँ ।  उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ मा पर्ने दोवा गाउँ । प्राकृतिक सुन्दरता र जैविक विविधताले युक्त यो गाउँ ढुङ्गेघरको गाउँ भनेर पनि चिनिन्छ । तस्बिरः ध्रुवसागर शर्मा/रासस
प्रतिक्रिया दिनुहोस्