आजका तस्बिर- असार ८
आजका तस्बिर- असार ८
अरूण नदीको बहाव बढ्दा... ।  संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बहने अरूण नदीमा जलसतह बढ्नाले सवारी साधन वारपार गर्न चलाइँदै आएको फेरी बन्द भएपछि सतिघाटको झोलुङ्गे पुलबाट सामान ओसार्दै स्थानीय मजदुर। पक्की पुल नबनेकाले अरूण नदीमा पानीको सतह बढेपछि जेठ महिनाको अन्तिम सातादेखि फेरी सञ्चालन बन्द गरिएको हो। तस्बिर: सुजन बज्राचार्य/ रासस
आजका तस्बिर- असार ८
कलात्मक काठको पुल ।  जुम्लाको हिमा गाउँपालिका-४ स्थित हिमा नदीमाथि बनाइएको कलात्मक काठको पुल। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- असार ८
स्काई टावरबाट देखिएको घण्टाघर ।  काठमाडौंको कमलादीस्थित स्काई टावरको टप भागबाट देखिएको रानीपोखरी नजिक रहेको घण्टाघर। तस्बिर: विमलबहादुर विष्ट/ रासस
आजका तस्बिर- असार ८
निर्माण गरिएको पुल ।  मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रारा तालको निकास क्षेत्र र त्यहाँ निर्माण गरिएको पुल। तस्वीर: सुरेश आचार्य/रासस
आजका तस्बिर- असार ८
पनौतीको हिले जात्रा ।  काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा तीन दिनदेखि चलेको हिले जात्रा (ज्याःपुन्ही)मा रथ यात्रा गर्दै स्थानीय । एक हजार चार सय २० वर्षदेखि मनाइँदै आइएको हिले जात्रा विशेष रूपमा शनिबार परम्परा अनुसार दिनभर बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा यौनिकता दर्शाउन दुई रथलाई एक आपसमा जुधाइ जात्रा सम्पन गरिएको छ। तस्बिर : राजकुमार पराजुली/रासस
प्रतिक्रिया दिनुहोस्