आजका तस्बिर- असार ७
आजका तस्बिर- असार ७
विपद् सम्बन्धी कृत्रिम घटना अभ्यास ।  दाङको लमही नगरपालिकाका–६ स्थित मध्यनगर राप्ती नदी किनारामा शुक्रबार श्री रणसिंहदल गणको अगुवाईमा श्री न.२९ गण सशस्त्र प्रहरी बल नेपालको सहभागीतामा विपद् सम्बन्धी अभ्यास ‘हातेमालो–६’ कार्यक्रममा अभ्यास प्रदर्शन गर्दै विपद् उद्दारकर्मी । वर्षायाममा हुने बाढी, पहिरो तथा डुबानमा परेका बस्ती तथा सर्वसाधारणलाई के-कसरी उद्दार गर्न सकिन्छ भनेर पूर्व अभ्यास गरिएको थियो। तस्बिर: कुलदीप न्यौपाने /रासस
आजका तस्बिर- असार ७
रारा तालको मनमोहक दृश्य ।  कर्णाली प्रदेश मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकास्थित प्रसिद्ध रारा तालको मनमोहक दृश्य। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- असार ७
उखेलियो रोपिएको विरूवा ।  काठमाडौंको न्यूरोड क्षेत्रका फुटपाथमा सारिएका विरूवा उखेलिएको ठाउँ। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- असार ७
जोखिम मोलेर साँघु तर्दै: ।  धौलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको कोखेभिरस्थित रघुगङ्गा नदीमा अस्थायी साँघुबाट पर्यटकका सामान बोकेर खोला पार गर्दै गरेका भरिया। अक्करे भीरमा बाटो नछिचोलिएको र नदीमा पनि पुल नभएकाले यहाँ साँघुबाट वारपार गर्नुपर्ने बाध्यता छ। तस्बिरः कमल खत्री/रासस
आजका तस्बिर- असार ७
योग दिवस ।  शुक्रबार बिहान काठमाडौंको नारायणचौरमा सयौंको संख्यामा उपस्थित भई योग अभ्यास गरी योग दिवस मनाउँदै। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
प्रतिक्रिया दिनुहोस्