आजका तस्बिर- असार ६
आजका तस्बिर- असार ६
स्वदेश फर्किँदै नेपाली क्रिकेट टोली ।  आइसिसी टी-२० विश्वकप खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ।विश्वकप खेल्न अमेरिकाबाट वेस्ट इण्डिज पुगेको नेपाली टिम बिहीबार स्वदेश फर्किएको हो। तस्बिर: सेतोपाटी
आजका तस्बिर- असार ६
भरतपुर विमानस्थलमा श्री एयरको जहाज ।  काठमाडौं–भरतपुर उडान परीक्षणका लागि भरतपुर विमानस्थलमा अवतरण गरिएको श्री एयरको जहाज। तस्बिरः सनद अधिकारी/रासस
आजका तस्बिर- असार ६
पदमार्ग निर्माण गर्दै ।  धौलागिरी आइसफल पदमार्ग अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको कछुवा ओढार क्षेत्रमा पदमार्ग बनाउँदै मजदुरहरू। पर्यटन विभागले दुई वर्षदेखि आइसफल पदमार्ग निर्माणलाई निरन्तरता दिएको छ। तस्बिरः कमल खत्री/ रासस
आजका तस्बिर- असार ६
मल छर्दै किसान ।  सुनसरीकाे इनरूवा-४ का किसान धानको बीउमा रासायनिक मल (युरिया) छर्दै। तस्बिर: नवीन गड्तौला/ रासस
आजका तस्बिर- असार ६
अवरुद्ध सडक खुलाउन ढुंगा हटाउँदै  ।  चामे सडक सडकखण्ड अन्तर्गत बेँसीसहर नगरपालिका-६ खरखरेभिरमा अविरल वर्षाका कारण बुधबार राति गएको पहिरोले अवरुद्ध सडक बिहीबार बिहान हटाउने प्रयास गर्दै यात्रु । यस सडक अवरुद्ध हुँदा सवारीसाधन अलपत्र परेको छ। तस्बिरः जनक श्रेष्ठ/ रासस
प्रतिक्रिया दिनुहोस्