बिरूवामा पानी हाल्दै ललितपुर महानगरका कर्मचारी । ललितपुर महानगरले बाग्मती नदी किनारमा रोपेको बिरूवामा पानी हाल्दै महानगरका कर्मचारी। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
आइपिएम कृषक पाठशाला । म्याग्दीको मंगला गाउँपालिका–२ तोरा खेतमा कृषि ज्ञान केन्द्रको सहयोगमा सञ्चालन भएको एकीकृत शत्रु जीव व्यवस्थापन (आइपिएम) मा सहभागी कृषकहरूले फलाएको गोलभेंडा खेतीमा मङ्गलबार सामूहिक तस्बिर खिचाउँदै। जैविक प्रणालीबाट खेती गर्ने, रासायनिक मल र विषादीको प्रयोग घटाउने उद्देश्यले हप्तासम्म सञ्चालन भएको तालिममा २५ जना कृषकको सहभागिता रहेको थियो। तस्बिर: सन्तोष गौतम/रासस
काठको घारमा मौरीपालन । दाङ तुलसीपुर उपमहानगरपालिका-४ खुमखानीमा काठको घारमा गरिएको मौरीपालन। गाउँघरमा अहिले पनि परम्परागत ढाँचाले काठको घारमा मौरीपालन गरिन्छ। तस्बिरः दीपक बोहरा/रासस
सूर्यविनायक-धुलिखेल निर्माणाधीन सडक । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको १६ किलोमिटर सडकखण्ड छ लेन विस्तारको कार्य गरिँदै। तीन वर्षमा सम्पन्न गर्ने भनिएको सडक बजेट अभाव र ढिलासुस्तीका कारण २५ प्रतिशत मात्रै प्रगति भएको छ। तस्बिर: रमेश गिरी/ रासस
बीच सडकमै विद्युतको पोल राखेर सडक कालोपत्र । सिरहा कमलादेखि सप्तरीको कञ्चनपुरसम्म पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गोलबजारदेखि पश्चिम धर्मकाँटानजिक बीच सडकमा विद्युतको पोल नहटाइ गरिएको सडक कालोपत्र। नेपाल विद्युत प्राधिकरणले समयमै पोल नहटाएपछि सडक निर्माणको ठेक्का लिएको चाइना रेल्वे २ इन्जिनियरिङ्ग ग्रुपले पोल राखेरै गरिएको सडक कालोपत्र गरेको हो। तस्बिरः लोकेन्द्रप्रसाद यादव/रासस