पेट्रोल पम्पमा लाइन । आइतबारदेखि ट्यांकर चालकहरू आन्दोलित हुँदा काठमाडौंका पेट्रोल पम्पहरूमा इन्धन भर्न सवारी साधनहरूको लाइन लागेको छ। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
बकर इद । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा मनाइएको छ। काठमाडौंको एक मस्जिदमा बकर इद मनाउने क्रममा एक बालक। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी।
न्यूरोडमा पार्किङ । काठमाडौं महानगरपालिकाले पार्किङ बन्द गरेको न्यूरोड क्षेत्रमा फेरि सडक किनारमै पार्किङ हुन थालेको छ। महानगरपालिकाले नियमनमा ध्यान नदिँदा न्युरोडबाट पार्किङ हटाउने योजना कार्यान्वयना फितलो देखिएको छ। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी।
बाढीले उपकरण डुबान । दमकको रतुवा नदीमा आएको बाढीले डुबानमा परेका निर्माण उपकरणहरु । सोमबार बिहान नदीमा आएको बाढीले पुल निर्माणमा प्रयोग भईरहेको तीन वटा ठुला उपकरण डुबानमा परेको छ। तस्बिर: यज्ञराज आङदेम्बे / रासस
बन्दीपुर केबलकार । तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा निर्माण भई सञ्चालनमा आएको बन्दीपुर केबलकार। एसियाकै ठुलो भनिएको यहाँको सिद्धगुफा र हरियाली डाँडाको मनोरम दृश्य अवलोकन गर्दै उक्त केबलकारबाट यात्रा गर्न सकिन्छ। तस्बिर : कृष्ण न्यौपाने/रासस
साइपाल हिमाल । खप्तड राष्ट्रिय निकुञ्जको घोडादाउन पाटनबाट देखिएको बझाङको साइपाल हिमाल । समुन्द सतहबाट यो हिमालको उचाइ सात हजार ३१ मिटर अर्थात् २३ हजार ६८ फिट अग्लो रहेको छ । तस्बिर: भूमिराज पिठातोली/रासस
पहेँली बराह ताल । धौलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा समुदी सतहदेखि चार हजार सात सय मिटर उचाइमा अवस्थित पहेँली बराह ताल र आसपासको क्षेत्र। तस्बिर: कमल खत्री/रासस