सूर्यमुखी फूलखेती । म्याग्दीको बेनी नगरपालिका-१, रत्नेचौरमा भारतबाट बीउ ल्याएर गरिएको सूर्यमुखी फूलखेती। रत्नेचौरका ६ घरधुरीले व्यावसायिक रूपमा सूर्यमुखी खेती गरेका छन्। तस्बिरः ध्रुवसागर शर्मा/रासस
दुर्लभ वन्यजन्तु कृष्णसारको बच्चा । बर्दियाको गुलरिया नगरपालिकास्थित खैरापुरको प्राकृतिक वासस्थान पाइने एन्टीलोप प्रजातीको र्दुलभ वन्यजन्तु कृष्णसारको बच्चा। प्रजाती लोप हुनबाट जोगाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको फाँटामा स्थानान्तरण गरी संरक्षण भइरहेको छ। तस्बिरः यादवप्रसाद आचार्य/रासस
भूमे नाच । काठमाडौंको टुँडिखेलमा भूमे पर्वका अवसर पारेर भूमि नाच देखाउँदै। प्राकृतिक विपदबाट कुनै क्षति नहोस् भन्ने कामनासहित पूजा र नाचगान गर्ने गरिन्छ। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
बागमती खोलामा जाल हान्दै माझी समुदाय । सर्लाहीको बागमती नगरपालिका–१२, स्थित सर्लाही र रौतहटको सिमाना भएर बग्ने बागमती खोलामा आइतबार जाल हानेर माछा मार्दै स्थानीय माझी समुदाय। तस्बिर: सिंगबहादुर थापा/रासस
धान रोपाइँ । सुनसरीको गढी गाउँपालिकाको छिटाहामा आइतबार धान रोप्दै किसान । असार सुरु भएसँगै जिल्लामा छिटपुट रोपाइँ सुरू भएको छ। तस्बिर: नवीन गड्तौला/रासस