आजका तस्बिर: असार १
आजका तस्बिर: असार १
नेपाल भर्सेस दक्षिण अफ्रिका ।  आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डि’अन्तर्गत वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा शनिबार नेपाल र दक्षिण अफ्रिकाबिचको खेल चाबहिलको गणेशस्थान, फुटबल ग्राउण्डबाट 'स्क्रिन'मा प्रत्यक्ष प्रशारण हेर्दै स्थानीय। तस्बिर: किरणराज विष्ट/रासस
आजका तस्बिर: असार १
धान रोपाइँ ।  म्याग्दीको बेनी नगरपालिका–५ कुमाल्नी फाँटमा धान रोपाइँ गर्दै कृषकहरू। हिमाली जिल्ला म्याग्दीको सिँचाइ सुविधा भएको माथिल्लो क्षेत्रमा वर्षे धान रोपाइँ सुरू भएको छ। तीन हजार आठ सय ८५ हेक्टरमा धान खेती हुने म्याग्दीमा वार्षिक १३ हजार पाँचसय मेट्रिक टक धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ। तस्बिर: सन्तोष गौतम/ रासस
आजका तस्बिर: असार १
हिलेखर्क ।  तनहुँको आँबुखैरेनी गाउँपालिका-६मा पर्ने हिलेखर्कको सामुदायिक घरबास (होमस्टे। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: असार १
काकाकुल गमगढीवासी ।  खडेरी र गर्मीले पानीका मुहानहरू सुक्न थालेपछि मुगु सदरमुकाम गमगढी बजारमा पानी भर्नेको घुइँचो। मुल सुक्दै गएपछि गमगढी बजारमा खानेपानीको चरम अभाव हुँदै गएको छ भने गमगढी खानेपानी उपभोक्ता समितिले एक दिन बिराएर बढीमा एक घण्टा मात्र खानेपानी दिँदै आएको छ। तस्बिर : नृपेन्द्र बहादुर मल्ल/रासस
आजका तस्बिर: असार १
धिमाल जातिको प्रतिमा ।  दमक नगरपालिकाको कार्यालयमा निर्मित आदिवासी धिमाल जातिको प्रतिमा। नगरपालिकाले पहिलो नगरसभाबाटै धिमाललाई ‘प्रथम नागरिक’ घोषणा गरिएको थियो। तस्बिर : यज्ञराज आङदेम्बे/रासस
प्रतिक्रिया दिनुहोस्