रिम्ना दोभान । जाजरकोट र रुकुमपश्चिमको सिमानामा पर्ने ठूलोभेरी र सानीभेरी नदीको सङगमस्थल रिम्ना दोभान।तस्बिरः सुरेश आचार्य/रासस
गाउँपालिकाको प्रशासकीय भवन । सुर्खेतको सिम्ता गाउँपालिका–६ लिसेडाँडामा रहेको सिम्ता गाउँपालिकाको नामको अक्षर अनुसार डिजाइन गरिएको प्रशासकीय भवन। तस्बिरः सुरेश आचार्य/रासस
थार्प गाउँ । मुगुको छायानाथ रारा नगरपालिका वडा न १३ मा अवस्थित थार्प गाउँ । उक्त गाउँ १२ भाइ मष्टमध्ये प्रमुख, प्रसिद्ध र तपस्वी मानिने थार्प मष्टोको यहाँ मूल थान रहेकाले नेपाललगायत भारतमा पनि यो गाउँ प्रख्यात छ । तस्बिरःनृपेन्द्रबहादुर मल्ल/रासस
रक्सौल रेल स्टेशन । वीरगन्जको सीमावर्ती शहर रक्सौल रेल स्टेशन। रक्सौल रेल स्टेशनबाट भारतका विभिन्न शहरसँग रेलसेवा जोडिएको छ। पछिल्लो समय भारतका विभिन्न शहरका पर्यटक सो रेल स्टेशन हुँदै नेपाल घुम्न आउने गर्छन्। तस्बिरः हिमाल लम्साल/रासस