सिथि नख: । नेवार समूदायले सिथि नख: को अवसरमा ढुंगेधारा ससरसफाइ गर्दै एक महिला। सिथि नखः लाई काठमाडौं उपत्यकामा मनाइने वार्षिक जात्रापर्वको अन्तिम दिन भन्ने चलन छ। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
जेनेभामा राष्ट्रपति पौडेल । राष्ट्रपति रामचन्द्र पौडेललाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा आज नेपाली राजदूत रामप्रसाद सुवेदी र दूतावासका कर्मचारी स्वागत गर्दै। स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा उनी स्वीट्जरल्याण्डको जेनेभा पुगेका हुन्। तस्बिरः राष्ट्रपति कार्यालय
ढकमक्क फुलेको कमल । सुनसरीको इटहरीस्थित इटहरी मेट्रिक्स परिसरमा रहेको पोखरीमा ढकमक्क फुलेकाे गुलावी रङकाे कमलकाे फूल। तस्बिर: नवीन गड्तौला/रासस
कोठीभिर र हिमशृङ्खलाको दृश्य । रोल्पा सुनछहरी गाउँपालिका-३ को भूभागमा पर्ने कान्छी कोठीभिरबाट देखिने कोठीभिर र हिमशृङ्खलाको दृश्य। रोल्पा, प्युठान\र बाग्लुङ जिल्लाको सिमानामा पर्ने कोठीभिर समुद्री सतहबाट तीन हजार तीन सय मिटरदेखि तीन हजार छ सय ५९ मिटरसम्म फैलिएका तीनवटा चुचुराहरू छन्। तस्बिर: कुलदीप न्यौपाने/रासस