आजका तस्बिर-जेठ २७
आजका तस्बिर-जेठ २७
प्रधानमन्त्री भारत प्रस्थान ।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आइतबार भारत गएका छन्। समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत गएका हुन्। उनी भोलि फर्कनेछन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर-जेठ २७
पुलमा अड्किए खच्चड ।  आइतबार बिहान दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेडाँडा जोड्ने झोलुंगे पुलमा १३ वटा खच्चड फसेका थिए। तीमध्ये ११ खच्चडको उद्धार गरिएको छ भने दुई खच्चड मरेका छन्। तस्बिरः सेतोपाटी
आजका तस्बिर-जेठ २७
चुड्का नाच ।  तमु गुरुङ समुदायको मौलिक नृत्य घाटु नाच सेलाएपछि काठमाडौंमा आयोजना गरिएको घाटुभोज र चुड्का ।तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर-जेठ २७
पर्यटक लोभ्याउने पटीहानी ।  भरतपुरको पटिहानीमा ‘स्टोन पार्क’ सञ्चालनमा आएको छ। भरतपुर–२२ स्थित राप्ती नदीको सीमा क्षेत्रमा पार्क निर्माण गरिएको हो। चितवन राष्ट्रिय निकुञ्ज नजिकै ढुंगाबाट आकर्षक संरचनाहरु निर्माण गरेर पार्क तयार गरिएको छ। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
आजका तस्बिर-जेठ २७
नेताको खोजी ।  चुरे संरक्षणको माग गर्दै सप्तरीबाट हिँडेर २५ दिनमा काडमाडौं आइपुगेकाहरू माइतीघरमा धर्ना दिइरहेका छन्। उनीहरू नेताहरूको तस्बिर र रित्तो बाल्टिन राखेर धर्नामा छन्।
आजका तस्बिर-जेठ २७
खडेरीले सुके मकै ।  प्युठान स्वर्गद्वारी नगरपालिका–४ स्थित भिङ्ग्रीकोटमा लामो समयको खडेरीका कारण बारीमा सुक्न लागेका मकैको बोट । तस्बिर: कुलदीप न्यौपाने/ रासस
प्रतिक्रिया दिनुहोस्