आजका तस्बिर- जेठ २६
आजका तस्बिर- जेठ २६
फूलमा पुतली ।  दाङको घोराही उपमहानगरपालिका–८ स्थित लरैना ताल किनारमा फूलमा पुतली। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- जेठ २६
झोलुङ्गे पुल तर्दै ।  काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका र मकवानपुर जिल्लाको बागमती गाउँपालिकाको सङ्गमस्थल सिक्रेदाभानस्थित बागमती खोलामाथि झोलुङ्गे पुल तर्दै स्थानीय बासिन्दा। सो ठाउँमा पक्की पुल नहुँदा स्थानीयले दैनिक उपभोग्य वस्तु खरिद बिक्रीका लागि बजारसम्म आउजाउ गर्नलाई सास्ती झेल्नु गरेको छ। तस्बिर:पेमा लामा/रासस
आजका तस्बिर- जेठ २६
ढकमक्क जरबेरा फूल ।  सूर्यविनायक नगरपालिका‐७ गुण्डु कार्की गाउँमा किसान कुश कार्कीले गरेको जरबेरा फूल खेती। जरबेरा फूल खेतीबाट आम्दानी राम्रो हुन थालेपछि यहाँका किसान फूल खेतीतर्फ आकर्षित भएका छन्। तस्बिर: रमेश गिरी/रासस
आजका तस्बिर- जेठ २६
यार्सागुम्बा टिप्न जाँदै ।  ठूलिभेरी नगरपालिका–११ ग्यालवाडा पाटनमा यार्सागुम्बा टिप्न गएका स्थानीय बासिन्दा पाटनतिर जाँदै। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- जेठ २६
माथिल्लो मिलिचौरमा चर्दै भेडाबाख्रा ।  मुगु जिल्ला छायानाथ रारा नगरपालिका–८ मा पर्ने माथिल्लो मिलिचौरमा चरिरहेका भेडाबाख्राहरू। नेपालकै ठूलो तथा गहिरो ताल रारा ताल घुम्न जाँदा गाडीहरू यही चौरसम्म पुग्छन्। यहाँबाट रारा तालसम्म पुग्न १० मिनेट पैदल हिँड्नु पर्छ। तस्बिर: नृपेन्द्र बहादुर मल्ल/रासस
प्रतिक्रिया दिनुहोस्