कालोपत्रे सडक । कास्कीमा अवस्थित रूपा तालको किनार हुँदै निर्माण गरिएको पक्की कालोपत्रे सडक । रूपाताल एकीकृत संरक्षण परियोजनाको रू २३ करोड १० लाखको लागतमा खोलाको छेउदेखि तालबेंसीसम्म आठ किमी सडक निर्माण हुँदैछ। तस्बिरः कृष्ण दवाडी/रासस
हर्पे गाउँ । बागलुङको निसीखोला गाउँपालिका–१ स्थित हर्पे गाउँ। यो गाउँमा अहिले पनि परम्परागत संरक्षण गरिँदै आइएको छ। जसले पर्यटकलाई आकर्षित गरेको छ। तस्बिरः डम्मर बुढामगर/रासस
सडकको दुरावस्था । इनरूवा–सत्तेरझोरा–विराटनगर सडकको दुहवी–१२ स्थित बुग्डरी खण्डको खाल्डाखुल्डीमा जमेको पानी। समयमा सडक मर्मतसम्भार नहुँदा वर्षाका बेला पानी जमेको खाल्डाखुल्डीमा दुर्घटना हुने सम्भावना बढेको छ। तस्बिरः नवीन गड्तौला/रासस
प्रभात फेरी । नेपाल स्काउटको ७३औँ स्थापना दिवसको अवसरमा संखुवासभाको सदरमुकाममा नगर स्काउट कार्यालय, खांदबारीले शुक्रबार आयोजना गरेको प्रभात फेरीमा सहभागी हुँदै स्काउटका विद्यार्थी। तस्बिरः सुजन बज्राचार्य/रासस