आजका तस्बिर- जेठ २४
आजका तस्बिर- जेठ २४
अलपत्र पुल ।  अलपत्र अवस्थामा रहेको तनहुँको व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेतीनदी माथि निर्माणाधीन पुल। विसं २०८० जेठ ९ गतेसम्म सम्पन्न हुनुपर्ने उक्त पुलको काम हालसम्म २५ प्रतिशत मात्रै भएको छ। तस्बिरः कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- जेठ २४
दुली गाउँ ।  रूकुम पश्चिम बाँफीकोट गाउँपालिका-५ स्थित भिरालो डाँडामा रहेको सुन्दर दुली गाउँ। तस्बिर: कुलदीप न्यौपाने / रासस
आजका तस्बिर- जेठ २४
दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरूङ ।  म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको मालिका ६ गोचाखोलामा निर्माणाधीन सुरूङ। धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरू गरेको यो आयोजना सुस्त गतिमा छ। तस्बिर: ध्रुवसागर शर्मा/रासस
आजका तस्बिर- जेठ २४
धानको बीउ छर्दै ।  सुनसरीको गढी गाउँपालिका-३ छिटाहामा बिहीबार धानको बीउ छर्दै किसान। यतिबेला किसानलाई धानको बीउ राख्न धमाधम छ। तस्बिरः नवीन गड्ताैला/रासस
आजका तस्बिर- जेठ २४
गहना पोखरी ।  काठमाडौं महानगरपालिका–५ मा अवस्थित ऐतिहासिक गहना पोखरी। तस्बिरः हरिराम भेटुवाल/रासस
प्रतिक्रिया दिनुहोस्