आजका तस्बिर- जेठ १८
आजका तस्बिर- जेठ १८
जल उद्धारको कृत्रिम अभ्यास ।  नेपाली सेनाकाे भैरवी दल गण पाँच कुमारीले सर्लाही र राैतहटकाे सिमाना नुनथरस्थित बागमती नदीमा शुक्रबार आयाेजना गरेकाे नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा जल उद्धारको कृत्रिम अभ्यास गर्दै। तस्बिर: सिंगबहादुर थापा/रासस
आजका तस्बिर- जेठ १८
घण्टाघर र पृष्ठभूमिमा देखिएको खुलामञ्च ।  सुर्खेतको वीरेन्द्रनगरमा रहेको घण्टाघर र पृष्ठभूमिमा देखिएको खुलामञ्च। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- जेठ १८
ड्रागन फ्रुट खेती ।  सुर्खेतको गुर्भाकोट नगरपालिका–१४, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा ढकमक्क फूलेको ‘ड्रागन फ्रुट’। ड्रागन फ्रुट फर्मका हिराबहादुर मगरले व्यावसायिक रूपमा करिब एक बिघामा ड्रागन खेती गर्दै आएका छन्।तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- जेठ १८
नागपोखरी ।  काठमाडौंको नक्सालमा अवस्थित नागपोखरी। नागपोखरी ऐतिहासिक र धार्मिक दृष्टिकोणले महत्वपूर्ण पोखरी हो। तस्बिरः हरिराम भेटुवाल/रासस
आजका तस्बिर- जेठ १८
बालुवा थिग्राउने जलासय ।  त्रिशूली र देवीघाट जलविद्युत केन्द्रलाई विद्युत उत्पादनका लागि त्रिशूली नदीमा बाँध बनाएर ल्याइएको पानी बालुवा थिग्राउन बनाइएको विदुर नगरपालिका–९ स्थित जलासय। उक्त जलासयको उपभोग गरेर विदुर नगरपालिकाले जलविहार र पर्यटकीय उद्यानको निर्माण गर्न डिपिआरपश्चात योजना कार्यान्वयनको लागि नेपाल विद्युत प्राधिरकणबाट सहमतिको पर्खाइमा छ। तस्बिरः रामहरि न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्