पहेँली बराह ताल । धौलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको पहेँली बराह ताल। समुद्री सतहदेखि करिब चार हजार ६०० मिटर उचाइमा रहेको यो ताल पर्यटकीय आकर्षणको रुपमा छ। तस्बिर: कमल खत्री/रासस
सत्तापक्ष र प्रतिपक्षबीच धकेलाधकेल । प्रतिनिधि सभा अवरोधबीच अर्थमन्त्री वर्षमान पुन आर्थिक सर्वेक्षण पेस गर्न रोस्टमतर्फ जाँदै गर्दाको दृश्य। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
कांग्रेसको प्रदर्शन । सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने लगायत माग राख्दै आइतबार नेपाली कांग्रेसले काठमाडौंको भृकुटीमण्डपमा गरेको प्रदर्शन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
जीर्ण भवन । जीर्ण बन्दै गरेको काठमाडौंको बसन्तपुरमा रहेको जुद्ध वारूण यन्त्र कार्यालय। २०७२ सालको भूकम्पपछि जीर्ण बनेको उक्त भवन अझै पुन: निर्माण हुनसकेको छैन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
मुस्ताङको कोरलामा याकचौरी । समुद्री सतहदेखि चार हजार मिटर बढी उचाइमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरलामा चरनका लागि लगिएका याकचौरी। याकचौरी, भेडा, च्याङ्ग्रापालन उपल्लो मुस्ताङबासीको प्रमुख आम्दानीको स्रोत हो। तस्बिर: सन्तोष गौतम/रासस
गोलभेँडा । दाङको घोराही उपमहानगरपालिका–१६ टेरौटेमा बिक्री गर्न लैजानका लागि तयारी अवस्थामा राखिएका गोलभेँडा। तस्बिर: नारायण खड्का/सेतोपाटी