धौवादी डाँडामा पैदलमार्ग । नवलपरासी(बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ धौवादीमा निर्माण गरिएको पैदलमार्ग। आन्तरिक पर्यटकलाई आकर्षित गर्न पैदल मार्ग निर्माण गरिएको हो। तस्बिरः विष्णुप्रसाद गौडेल/रासस
पाहुनाको स्वागतमा महिला । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका— २ स्थित लामडाँडा सामुदायिक होमस्टेका महिलाहरू पाहुनाको स्वागतका लागि लामबद्ध हुँदै। तस्बिर: तोलाकान्त बगाले/रासस
झोलुङ्गे पुलबाट स्कुटर तार्दै । तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेती नदीमाथिको झोलुङ्गे पुलबाट स्कुटर तार्दै सर्वसाधारण। सोही पुलको नजिकै तीन वर्ष अगाडिदेखि पक्की पुल निर्माण थालिए पनि २५ प्रतिशत मात्रै प्रगति छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
काठमाडौंको उपत्यका लगायत धरहरा । रामकोटबाट शनिबार दिउँसो लिएको काठमाडौँको धरहरा लगायत उपत्यका आसपासको दृश्य। तस्बिरः हरिराम भेटुवाल/रासस
म्याग्दी नदीका असला माछा । म्याग्दीको धवलागिरि गाउँपालिका—६ मराङमा म्याग्दी नदीमा जाल फालेर मारिएका असला माछा। वातावरणीय प्रदूषण र तापक्रम वृद्धिका कारण असला माछा लोप हुँदै जान थालेका छन्। तस्बिर: ध्रुवसागर शर्मा/रासस