निर्माणाधीन मोटरेवल पुल । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्ड छारछुम जोड्ने निर्माणाधीन मोटरेवल पुल। उक्त निर्माणाधीन पुलको शिलान्यास २०७९ असोज १९ गते तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारततर्फबाट उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले एकसाथ शिलान्यास गरेका थिए। तस्बिर: गणेश सिंह धामी/रासस
निर्माणाधीन पक्की पुल । मुग्लिन–पोखरा सडक योजनाको (पूर्वी खण्ड) अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन पक्की पुल। तीन सय १५ मिटर लामो उक्त पुलको लागत रु एक अर्ब २१ करोड रहेको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
हिलाम्य सडक । निर्माणाधीन मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ रिठ्ठेपानीमा वर्षाका कारण हिलाम्य सडक। वर्षाका कारण निर्माणाधीन सडकखण्ड हिलाम्य हुँदा सवारी आवागमनमा समस्या भएको छ। तस्बिर: कृष्ण न्यौपाने/ रासस
अल्लोको धागो काट्दै । घोराही उपमहानगरपालिका- १३ स्थित बडहराकी माया रोका भेडी गोठालो गएको समयमा ताकुमा अल्लोको धागो काट्दै। तस्बिर: कुलदीप न्यौपाने / रासस