माछापोखरी । काठमाडौंको बालाजुमा रहेको केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रको माछा पोखरी र वरपरका दृश्य। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
नुवाकोटको भैरवी मन्दिर र साततले दरबार । नुवाकोटको विदुर नगरपालिका-२ मा अवस्थित ऐतिहासिक भैरवीदेवी मन्दिरसहित बायाँतर्फ साततले दरबार र दायाँतर्फ धामी निवास। वि.संं २०७२ को भूकम्पले क्षति पुर्याएपछि भैरवीदेवीको पुर्नःनिर्माण भए पनि साततले दरबार र धामी निवास पुनर्निर्माणको भएको छैन। तस्बिरः रामहरि न्यौपाने/रासस
बेनी बजार । म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित पर्यटकीयस्थल लभ्लिहिलबाट देखिएको बेनीबजारको सुन्दर दृश्य। तस्बिरः कमल खत्री/रासस
काफल टिप्दै एक महिला । चुरे क्षेत्रको धार्मिक पर्यटकीय गाउँ नायलका महिलाहरू रुखमा चढेर पाकेको काफल टिप्दै। काफल टिप्नका लागि नाईल गाउँमा कैलाली कञ्चनपुर क्षेत्रका बासिन्दा पुग्ने गरेका छन्। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस