आजका तस्बिर- वैशाख २८
आजका तस्बिर- वैशाख २८
ढकमक्क गुलमोहर ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८ स्थित जिल्ला अदालत अगाडि सडक किनारमा ढकमक्क फुलेको गुलमोहर फूल। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- वैशाख २८
पर्यटकीय स्थल बुलबुले ताल ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीय स्थल बुलबुले तालका साथै वीरेन्द्रनगर बजार क्षेत्रको दृश्य। पछिल्लो समय ताल विस्तार गरी मोटरबोट सञ्चालनमा आउँदा आन्तरिक पर्यटक सङ्ख्यामा वृद्धि भएको छ। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- वैशाख २८
बुलबुले तालमा मोटरबोट सञ्चालन ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीय स्थल बुलबुले तालमा मोटरबोट सञ्चालन। लामो समयदेखि जीर्ण रहेको यस तालमा मोटरबोट सञ्चालन भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- वैशाख २८
कांग्रेसले गर्‍यो संसद अवरोध ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरूद्ध गरेको छ। शुक्रबार सुरू भएको बर्खे अधिवेशनको पहिलो बैठक नै कांग्रेसले अवरोध गरेको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्