आजका तस्बिर- वैशाख २६
आजका तस्बिर- वैशाख २६
घण्टाघर र ढकमक्क गुलमोहर फूल ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–६ मा रहेको घण्टाघर र ढकमक्क फुलेको गुलमोहर फूल। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- वैशाख २६
कोशी किनारामा अस्थायी तटबन्ध ।  वर्षामा आउने सम्भावित बाढीबाट जोगिन सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित सप्तकोशी ब्यारेजको किनारामा बोरामा बालुवा भरेर निर्माण गरिएको अस्थायी तटबन्ध। तस्बिर: अरूणकुमार यादव/रासस
आजका तस्बिर- वैशाख २६
टनेल बोरिङ मेसिनको अवलोकन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ।  सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको सुरुङ निर्माण कार्यको ब्रेक थ्रुको बुधबार टनेल बोरिङ मेसिनको अवलोकन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर: प्रदीपराज वन्त/रासस
आजका तस्बिर- वैशाख २६
छोटो दुरीमा रारा ताल जाने सडक निर्माण ।  कर्णाली प्रदेशको हिमाली जिल्लामा अवस्थित पर्यटकीय दृष्टिकोणले प्रसिद्ध रारा ताल जाने छोटो दुरीको सडक निर्माण कार्य हुँदै । सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा छायाँनाथ रारा नगरपालिका तलीतुम गाउँबाट लामाचौरसम्म सडक विस्तारको कार्य भएको हो। तस्बिर: नृपेन्द्रबहादुर मल्ल/रासस
आजका तस्बिर- वैशाख २६
हिलाम्य सडक ।  निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ जिल्ला प्रहरी कार्यालय अगाडि बुधबार हिलाम्य रहेको सडक। घाम लाग्दा धुलो र पानी पर्दा हिलोले यात्रुलाई सास्ती भएको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्