बाइसधारामा अवस्थित पोखरी । काठमाडौं महानगरपालिका–१६ स्थित बालाजुको बाइसधारा उद्यानभित्र रहेको पोखरी। तस्बिरः हरिराम भेटुवाल/रासस
ढुंगामा हात्तीको आकृति । चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीबाङमा ढुंगामा हात्तीको आकृति बनाउँदै कालीगढ। यही ढुंगासँग जोडिएका किम्बदन्तीका आधारमा यस ठाउँको नाम हात्तीबाङ राखिएको स्थानीय बताउँछन्। तस्बिरः कृष्ण आचार्य/रासस
अछामको तुल्तागाउँ । दैलेखको आठविस नगरपालिका–२ टुनिबगरबाट देखिएको भेरी किनारमा अवस्थित अछामको तुर्माखाद गाउँपालिका वडा नं ६ रानीवन तुल्ता गाउँ। तस्बिरः सुरेश आचार्य/रासस
यातायातका साधन घोडा । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित वयरबटुवाका स्थानीय किसान मङ्गलबार बिहान घोडामा राखेर घोराही बजारमा चामल बिक्री गर्न आउँदै। तस्बिरः कुलदीप न्यौपाने/रासस