आजका तस्बिर- वैशाख २३
आजका तस्बिर- वैशाख २३
फुतफुते झरना ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ स्थित फुतफुुते झरनामा पर्यटकको चहलपहल। अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा पर्ने फुतफुते झरनामा पछिल्लो समय पर्यटकको आगमन बढेको छ। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- वैशाख २३
जापानका विदेशमन्त्री योको हनुमानढोका दरबार क्षेत्र अवलोकन गर्दै ।  जापानका विदेशमन्त्री खामिखावा योको आइतबार विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको अवलोकन गर्दै। तस्बिर: सेतोपाटी
आजका तस्बिर- वैशाख २३
ढकमक्क फुलेको गुलमोहर फूल ।  दाङको घोराही उपमहानगरपालिका-१५ जिल्ला समन्वय समितिस्थित सडकमा ढकमक्क फुलेको गुलमोहर फूल। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- वैशाख २३
मकैसुकाउँदै ।  सर्लाहीको बागमती नगरपालिका-७ निरैला टोलस्थित पक्की सडकमा सुकाउन राखेको मकैका दाना। यसरी बाटोमा मकै सुकाउन राखेपछि सवारीसधन दुर्घटनाको जोखिम बढेको देखिन्छ। तस्बिरः चन्द्रदेव साह/रासस
आजका तस्बिर- वैशाख २३
गर्मी छल्दै भैँसी ।  मानिसलाई मात्रै नभएर जनावरलाई पनि गर्मी असहनीय भएपछि महोत्तरीको जलेश्वर नगरपालिका-८ स्थित गोतमान सागर (पोखरी) मा पौडिएर गर्मी छल्दै भैँसी। तस्बिः सञ्जीतकुमार मण्डल/रासस
प्रतिक्रिया दिनुहोस्