आजका तस्बिर- वैशाख १२
आजका तस्बिर- वैशाख १२
पौडी खेल्दै बालबालिका ।  अत्यधिक गर्मी बढेपछि महाेत्तरीकाे जलेश्वर नगरपालिका-८ स्थित गाेतमान सागर (पाेखरी) मा पाैडी खेलेर गर्मी छल्दै बालबालिका। तस्बिर: सञ्जीतकुमार मण्डल/रासस
आजका तस्बिर- वैशाख १२
महाकाल नृत्य ।  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ करेलीकाँडामा महाकाल पूजाको अवसरमा प्राचीन महाकाल नृत्य प्रस्तुत गरिँदै। तस्बिरः रामचन्द्र न्यौपाने/रासस
आजका तस्बिर- वैशाख १२
बाइसधारा उद्यान ।  काठमाडौं महानगरपालिका-१६ स्थित बाइसधारा उद्यानमा ढकमक्क फुलेको बेगमबेली फूल र उद्यान आसपासमा देखिएको विभिन्न बोटबिरूवाको हरियाली। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- वैशाख १२
हटाइयो कुमारीको फोटो ।  कतारी अमिर शेख तमिम विन हमाद अल थानीलाई स्वागतका लागि राखिएको ब्यानरमा रहेको जीवित देवी कुमारीको फोटो रङले पोतेर हटाइएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- वैशाख १२
एक क्लिक! ।  काठमाडौंको धरहरा छेउमा फोटो खिच्दै पैदल यात्रु। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्