कृषिमा यान्त्रिकीकरण । सुनसरीको इनरूवा नगरपालिका-९ स्थित खेतमा आइतबार हार्भेस्टर मेसिनबाट गहुँ काट्दै। कृषिमा यान्त्रिकीकरणले किसानको श्रम, समय तथा लागतको बचत गराएको छ। तस्बिर: नवीन गड्तौला/रासस
पहिरोपीडितको पालमा बास । चुरे गाउँपालिका-५ खानीडाँडास्थित भीमदत्त राजमार्गको सडक किनारामा पाल टाँगेर बसेका गुणी गाउँका पहिरोपीडित। पहिरोबाट पीडित भएको चार वर्ष बितिसक्दा पनि उनीहरूको व्यवस्थापन हुन सकेको छैन। तस्बिर: मीन ठकुरी/रासस