आजका तस्बिर- वैशाख ५
आजका तस्बिर- वैशाख ५
हिमनदी ।  सगरमाथा आधार शिविर जाने बाटो लोबुचे भएर बगेको हिमनदी। पृष्ठभूमिमा पुमोरी हिमाल, लिङ्त्रेन हिमाल र खुम्बुचे हिमाल। तस्बिरः सुवास दर्नाल/रासस
आजका तस्बिर- वैशाख ५
रामधुनीमा भक्तजन ।  राम नवमी तथा मर्यादा पुरूषोत्तम श्रीरामको जन्मदिनको अवसरमा बुधबार सुनसरीको रामधुनी मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन। यस मन्दिरमा रामनवमी तथा बालाचतुर्दशीका दिन भक्तजनको विशेष भीड लाग्ने गर्दछ। तस्बिरः नवीन गड्तौला/रासस
आजका तस्बिर- वैशाख ५
घुमाउने घर ।  तनहुँको भिमाद नगरपालिका वडा नम्बर ५ मिछुर्लुङमा रहेको परम्परागत घुमाउने घरलाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउँदै आन्तरिक पर्यटक। मौलिक र परम्परागत कला संस्कृतिमा चासो राख्दै पछिल्लो समय घुम्ने आन्तरिक पर्यटकको चाप बढ्दो छ। तस्बिरः पूर्ण विके/रासस
आजका तस्बिर- वैशाख ५
मादलको व्यापार ।  चैते दसैंका अवसरमा बागलुङको कालिका भगवती मन्दिर परिसरमा लागेको चैते दसैं मेलामा बिक्री गर्न ल्याइएको स्थानीय उत्पादन मादल। मादल ठूलो, सानो र बनावट हेरेर दुई हजार रुपैयाँदेखि चार हजार रुपैयाँसम्ममा बिक्री गरिन्छ। तस्बिरः खेमराज गौतम/रासस
प्रतिक्रिया दिनुहोस्