आजका तस्बिर- वैशाख १
आजका तस्बिर- वैशाख १
जानकी मन्दिरमा भक्तजनको भीड ।  जनकपुरधामस्थित हिन्दूहरूको आस्थाको केन्द्र जानकी मन्दिरमा नयाँ वर्ष २०८१ को पहिलो दिन शनिबार पूजाअर्चना गर्न पुगेका भक्तजनको भीड। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
आजका तस्बिर- वैशाख १
महायात्रा स्वागतका लागि ल्याइएको हात्ती ।  दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठबाट सुरू भएको देवीपाटन महायात्रालाई भारत उत्तर प्रदेश बलरामपुर जिल्लास्थित तुलसीपुर बजारमा हात्तीद्वारा स्वागत गर्दै देवी पाटन मन्दिर परिवार। तस्बिर:कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- वैशाख १
चौँरी ।  सङ्खुवासभाको चैनपुर नगरपालिका-१ मा रहेको पर्यटकीय गन्तव्य गुफापोखरी क्षेत्रमा देखिएका चौँरीहरू। दुई हजार आठ सय ९० मिटर उचाइमा रहेको यस गुफापोखरी क्षेत्रका अधिकांश स्थानीयहरूले दुग्ध उत्पादन तथा सामान ढुवानीका लागि चौँरी पालन गर्ने गरेका छन्। तस्बिर: सुजन बज्राचार्य/रासस
आजका तस्बिर- वैशाख १
बेनीघाट ।  सुर्खेतको चौकुने गाउँपालिका-१ स्थित डोटी, अछाम र सुर्खेतको सीमानामा रहेको कर्णाली नदी र सेती नदीको सङ्गमस्थल बेनीघाट। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- वैशाख १
विदेशी पर्यटक ।  अन्नपूर्ण पदमार्गअन्तर्गत चामे गाउँपालिका १ तिमाङबाट मनाङतर्फ जाँदै गरेका विदेशी पर्यटक। यहाँ आउने पर्यटक विशेष गरी चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल हुँदै पाँच हजार चार सय १६ मिटरमा रहेको थोराङ्ला पास जाने गर्दछन्। तस्बिर: नवीन लामिछाने/रासस
प्रतिक्रिया दिनुहोस्