आजका तस्बिर- चैत ३०
आजका तस्बिर- चैत ३०
खानेपानीको दुःख ।  एक घण्टाभन्दा टाढाको दूरीमा रहेको इनारबाट शुक्रबार बिहानै पानी लिएर घर फर्किंदै दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराका स्थानीयवासी। ढिला जाँदा इनारमा पानी लिन आउनेको भीड हुने भएकाले बिहान सबेरै जाँदा पालो पर्खेर बस्नु नपर्ने र घरको काम गर्न पनि सबै भ्याइने उनीहरू बताउँछन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- चैत ३०
मुगुको छत्यालवाडा गाउँ ।  मुगुको सदरमुकाम नजिकै छत्यालवाडा गाउँ। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- चैत ३०
भिर खोपेर झोलुङ्गेपुल निर्माण ।  गोरखाको धार्चे गाउँपालिका–२ रुन्चेत र वडा नम्बर ३ लुसीकाङ गाउँ जोड्न बुढी गण्डकी नदीमाथि भिर खोपेर झोलुङ्गेपुल निर्माण गरिँदै। तस्बिरः दीपक श्रेष्ठ/रासस
आजका तस्बिर- चैत ३०
सनवोरा नदीमा माछा मार्दै ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका थारु महिला सनवोरा नदीमा जाल थापेर माछा मार्दै। गहुँ भित्र्याएर फुर्सदिला बनेका थारु महिला दैनिक बिहानीको झिसमिसेमै माछा मार्नका लागि नदीमा जाने गर्छन्। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिर- चैत ३०
भेडाको ऊन काड्दै महिला ।  दाङको घोराहीमा कम्बल बुन्नका लागि भेडाको ऊन काड्दै गरेकी एक महिला। तस्बिर: नारायण खड्का/सेतोपाटी।
आजका तस्बिर- चैत ३०
राप्ती नदी तर्दै गाई भैंसी ।  बाँकेको डुडुवा गाउँपालिका–५ स्थित सिधनियाँघाटमा राप्ती नदी तर्दै गरेका गाईभैंसी।बढ्दो गर्मीसँगै गाईभैसीलाई शितलताको लागि नदीमा छोड्ने गरिएको छ। तस्बिरः भेषराज बस्नेत/रासस
प्रतिक्रिया दिनुहोस्