आजका तस्बिर- चैत २८
आजका तस्बिर- चैत २८
वायु प्रदूषण ।  नेपालको वायु प्रदूषण दिल्लीको भन्दा पनि खराब देखिएको छ। सिंगापुरले मापन गरेको वायु शुद्धता सूचकांक (एक्युआई) अनुसार खराब हावाको सूचीमा नेपाल पहिलो नम्बरमा छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत २८
सल्यान - छत्रेश्वरी ।  सल्यान छत्रेश्वरी गाउँपालिका-६ स्थित छाँयाक्षेत्रबाट देखिएको ६ नम्बर वडाकै लान्तीबजार, गरिज्युला, शारदा खोला र आसपासको दृश्य । यो क्षेत्र कृषि उब्जनीका लागि राम्रो मानिन्छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- चैत २८
वरुण सरोवर ।  महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका १ मा अवस्थित वरुण सरोवरको बुधबार बिहान देखिएको दृश्य। तस्बिर: सञ्जीतकुमार मण्डल/ रासस
आजका तस्बिर- चैत २८
सेनाद्वारा कवाज प्रस्तुत ।  भक्तपुरको खरिपाटीमा नेपाली सेनाद्वारा आज आयोजित स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रममा कवाज प्रस्तुत गर्दै नेपाली सेना। तस्बिरः प्रदीपराज वन्त÷रासस
आजका तस्बिर- चैत २८
प्रधानमन्त्रीद्वारा कवाज अवलोकन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल सैनिक प्रतिष्ठान खरिपाटीमा आज आयोजित स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रममा कवाज अवलोकन गर्दै। तस्बिरः रमेश गिरी/रासस
प्रतिक्रिया दिनुहोस्