आजका तस्बिर- चैत २७
आजका तस्बिर- चैत २७
निषेधित क्षेत्र तोडेको भन्दै राप्रपाको प्रदर्शनमा प्रहरीले हान्यो पानीको फोहरा ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहरा हानेको छ। मंगलबार दिउँसो राप्रपाले भृकुटीमण्डप, भद्रकालीलगायत क्षेत्रमा प्रदर्शन गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत २७
माटोका भाँडा ।  भक्तपुरको पोटरी स्क्वायरमा घाममा सुकाइएको माटोका भाँडा। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
आजका तस्बिर- चैत २७
शङ्खको प्रतिमा ।  सल्यान छत्रेश्वरी गाउँपालिका–६ स्थित शङ्खमूलमा निर्मित नेपालको सबैभन्दा ठूलो दाबी गरिएको शङ्खको प्रतिमा। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- चैत २७
गुरूङ वेशभूषामा सहभागी महिला ।  गुरूङ समुदायको ट्होटें पर्वका अवसरमा मङ्गलबार पोखरामा निकालिएको सांस्कृतिक झाँकीमा परम्परागत गुरूङ वेशभूषामा सहभागी महिला। तस्बिरः राम थापा/रासस
आजका तस्बिर- चैत २७
भैरवनाथको रथ तान्दै जात्रालु ।  हरेक वर्ष भक्तपुरमा मनाइने बिस्का जात्राको सुरूको दिन आज भैरवनाथको रथ तौमढीमा तान्दै जात्रालु। तस्बिरः रत्न श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस्