आजका तस्बिर- चैत २६
आजका तस्बिर- चैत २६
रारा ताल परिसरको मनमोहक प्राकृतिक सौन्दर्यता ।  कर्णाली प्रदेश मुगु जिल्लास्थित मुलुकको सबभन्दा ठूलो र प्रसिद्ध ताल रारा ताल परिसरमा देखिएको मनमोहक प्राकृतिक सौन्दर्यता। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- चैत २६
कागबेनीमा भक्तजनको घुइँचो ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा सोमबार बिहान पूजाअर्चनाका लागि आएका भक्तजनहरूको घुइँचो। चैते दसैं अघिको औंसी तिथि पारेर दिवंगत आफन्तहरूको नाममा पिण्डदान गर्न आइतबार मात्र नेपाल र भारतका ११ हजार जनाभन्दा बढी भक्तजन यो क्षेत्रमा भित्रिएका छन्। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- चैत २६
एकसिङ्गे गैँडा ।  चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत नवलपुरको देवचुली नगरपालिका पिप्रहरस्थित मध्यवर्ती क्षेत्रमा देखिएको दुर्लभ एकसिङ्गे गैंडा। तस्बिरः वासुदेव पौडेल/रासस
आजका तस्बिर- चैत २६
नेपालले टी-२० विश्वकप २०२४ मा लगाउने जर्सी ।  आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आइसिसी टी-२० विश्वकप २०२४ मा नेपाली क्रिकेट टिमले लगाउने जर्सी सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज नेपाली टिमले लगाउने जर्सी सार्वजनिक गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्