आजका तस्बिर- चैत २५
आजका तस्बिर- चैत २५
खाने हैन त छुर्पी! ।  सिन्धुपाल्चोकको लिससंखुपाखर गाउँपालिकाको मुडे बजारमा बिक्रीका लागि राखिएको छुर्पी। यहाँ छुर्पी प्रति केजी दुई हजार ५०० देखि तीन हजार रुपैयाँसम्ममा बिक्री गरिन्छ। तस्बिरः चन्द्रकला क्षेत्री/रासस
आजका तस्बिर- चैत २५
नृत्य प्रस्तुत गर्दै ।  आइतबार प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद उद्घाटन सत्रमा नृत्य प्रस्तुत गर्दै कलाकार। तस्बिरः प्रदिपराज वन्त/रासस
आजका तस्बिर- चैत २५
मौरीका आधुनिक घार ।  गौरीगंगा नगरपालिका–८ मसुरियाका स्थानीयले व्यावसायिक रूपमा गरेको आधुनिक मौरीपालनका घार। सो क्षेत्र मौरीपालन व्यवसायको पकेट क्षेत्रको रूपमा लिइन्छ। तस्बिरः मीन ठकुरी/रासस
आजका तस्बिर- चैत २५
जुम्लामा आयो पाठ्यपुस्तक ।  हिमाली जिल्ला जुम्लाको सदरमुकाम खलंगा बजारमा रहेको सध्या स्टेसनरीमा आइपुगेको पाठ्यपुस्तक। जुम्लामा यस वर्ष नयाँ शैक्षिक सत्र सुरू हुनुअगाडि नै कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक आइपुगेको छ। तस्बिरः विजय रावत/रासस
आजका तस्बिर- चैत २५
क्रिकेट मैदान ।  दाङको लमही नगरपालिका–५ स्थित नगर विकास समितिको प्लानिङ क्षेत्रमा लमही नगर विकास समितिले निर्माण गरेको क्रिकेट मैदान। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्