आजका तस्बिर- चैत २४
आजका तस्बिर- चैत २४
गमगढी बजार ।  कर्णाली प्रदेश, मुगुको सदरमुकाम गमगढी बजार तथा आसपासको क्षेत्र। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- चैत २४
शिव पोखरी ।  दोलखा जिल्लाको भीमेश्वर नगरपालिका-९ मा अवस्थित धार्मिक तथा पर्यकीयस्थल शिव पोखरी। तस्बिर: चन्द्रकला क्षेत्री / रासस
आजका तस्बिर- चैत २४
रक गार्डेन ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले निर्माण गरेको रक गार्डेन। नगरपालिकाको करिब रु तीन करोड लगानीमा ढुङ्गे बगैंचा व्यवस्थापनको काम भइरहेको छ। तस्बिर:सुवास दर्नाल/रासस
आजका तस्बिर- चैत २४
सिर्जनामा नेपाल–भारत ‘सम्बन्ध’ ।  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेपाल र भारतका कलाकारहरूको सहभागितामा जारी ‘सम्बन्ध’ शीर्षकको कला प्रदर्शनी तथा कार्यशालामा चित्र सिर्जना गर्दै कलाकार । तीन दिने प्रदर्शनी तथा कार्यशालामा भारतका १३ जना कलाकारको सहभागिता रहेको छ। तस्बिरः नारायण ढुङ्गाना/रासस
आजका तस्बिर- चैत २४
भद्रकालीमा राजेन्द्र महतो पक्ष र प्रहरीबीच झडप ।  राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति आन्दोलनका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। राष्ट्रिय मुक्ति आन्दोलनको उपत्यका विशेष ष्रदेश घोषणापछि भद्रकाली क्षेत्रमा ब्यानरसहित महतोको नेतृत्वमा जनप्रदर्शन गरेको थियो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- चैत २४
माछा मार्दै ।  दाङको शान्तिनगर गाउँपालिका–५ बैंसाको सभाहल नजिकै हेल्काले माछा मार्दै गरेकी एक महिला। तस्बिर नारायण खड्का/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्