आजका तस्बिर- चैत २३
आजका तस्बिर- चैत २३
टोनी हेगन पार्कबाट देखिएको जिरी बजार ।  दोलखाको जिरी नगरपालिका–५ स्थित टोनी हेगन पार्कबाट देखिएको पर्यटकीयस्थल जिरी बजार। तस्बिरः चन्द्रकला क्षेत्री/रासस
आजका तस्बिर- चैत २३
घोडेपानीको वनपाखामा ढकमक्क फुलेको गुराँस ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोडेपानीको वनपाखामा ढकमक्क फुलेका विभिन्न प्रजातिका लालीगुराँसका फूल। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- चैत २३
कालीगण्डकीको खोंच ।  म्याग्दी र मुस्ताङ जिल्लाको सिमाना काभ्रेभिरस्थित कालीगण्डकी नदीले बनाएको खाेंच। धवलागिरि र अन्नपूर्ण हिमालको बीच भागबाट बग्ने कालीगण्डकीले बनाएको खोँचलाई संसारकै गहिरो मानिन्छ। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- चैत २३
ट्याटु क्रेज! ।  ललितपुरको हेरिटेज गार्डेनमा जारी ११ औं संस्करणको इन्टरनेसनल ट्याटु कन्भेन्सन ट्याटु खोपाउँदै एक युवती। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत २३
देवगणकाे नृत्य ।  ललितपुरकाे खाेकनास्थित रहेकाे प्रसिद्ध सिकाली देवगणकाे नृत्य शुक्रबार हनुमानढाेकाकाे नासलचाेकमा प्रदर्शन गर्दै। प्रत्येक १२ वर्षमा हुने याे नृत्यमा रूद्रायणी, भैरव, कुमारी, गणेश, व्रम्हा, विष्णु, महेश्वर, ईन्द्रयणी, बाराही, काली, महालक्ष्मी, कुमार, हनुमान, देवगण लगायत हुनेछ। तस्बिर: रत्न श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस्