आजका तस्बिर- चैत २२
आजका तस्बिर- चैत २२
लोप हुँदै भकारी ।  पर्साको बिन्ध्यवासिनी गाउँपालिका–५ मा रहेको बाँस र माटाले निर्माण गरिएको भकारी। पछिल्लो समय यस्तो खालको परम्परागत भकारी ग्रामीण क्षेत्रमा पनि लोप हुँदै गएका छन्। विशेषगरी यी भकारीमा अन्नबाली राख्ने गरिन्छ। तस्बिर: हिमाल लम्साल/रासस
आजका तस्बिर- चैत २२
खच्चरको भरमा नार्पाभूमि ।  मनाङ सदरमुकाम चामेबाट खच्चरले नार्पाभूमितर्फ सामान लैजाँदै। जिल्लामै एकमात्र सडक सञ्जालले नजोडिएको मनाङ नार्पाभूमिका मानिस खच्चरबाट खाद्यान्नलगयत विकास–निर्माणका सामग्री ओसारपसार गर्न खच्चरकै भर पर्नुपरेको छ । तस्बिर:नवीन लामिछाने/रासस
आजका तस्बिर- चैत २२
मर्पेस गाउँ ।  दाङको बङ्लाचुली गाउँपालिका–२ स्थित पहाडी गाउँ मर्पेस। दुई सय घरधुरी रहेको यस गाउँमा दलित, जनजाति, ठकुरी र क्षेत्रीको बसोबास रहेको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- चैत २२
कर्णाली किनारमा राउटे समुदायको बस्ती ।  दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर ७, साङ्गेतडास्थित कर्णाली किनारमा बसोबास गर्दै आइरहेका अल्पसङ्ख्यक राउटे समुदायको बस्ती। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- चैत २२
मार्फा गाउँ ।  हिमालपारिको जिल्ला मुस्ताङको मार्फा गाउँँ। यहाँ पछिल्लो समय माटोको घर विस्थापित गरेर आधुनिक भौतिक पूर्वाधार निर्माण हुन थालेका छन्। तस्बिरः कमल खत्री/रासस
प्रतिक्रिया दिनुहोस्