आजका तस्बिर- चैत २१
आजका तस्बिर- चैत २१
जयराम घाट पुल ।  ओखलढुङ्गा र खोटाङ जोड्ने जयराम घाट पुल। दुई जिल्लाको सिमानामा अवस्थित दूधकोशी माथिको यो पुल हुँदै भक्तजनहरू हलेसी मन्दिर पुग्ने गर्छन्। तस्बिरः सुवास दर्नाल/रासस
आजका तस्बिर- चैत २१
सामरी पौवा ।  पुरातत्व विभागबाट पुर्ननिर्माण गरिएको नुवाकोटको म्यागङ गाँउपालिका–५ सामरी भञ्याङमा अवस्थित ऐतिहासिक ‘सामरी पौवा’ । यस पौवा विसं १७५० को दशकमा स्थानीय कालिदास खड्का मगरले बनाएको र नेपाल एकीकरणको क्रममा नुवाकोट आक्रमण गर्नुअघि पृथ्वीनारायण शाहसहित सैनिक फौज यहाँ बसेर युद्धको तयारी गरेको प्राप्त इतिहासमा उल्लेख छ। तस्बिर: रामहरि न्यौपाने/रासस
आजका तस्बिर- चैत २१
बुलबुले ताल ।  सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल र आसपासको क्षेत्र। लामो समयदेखि जीर्ण रहेको यो ताल अहिले सरसफाइ गरी डुङ्गा चलाउने तयारी गरिएको वीरेन्द्रनगर नगरपालिकाले जानकारी दिएको छ। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- चैत २१
गुराँस उद्यान ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको कालिसारमा निर्माण गरिएको गुराँस उद्यान। गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा यो उद्यान निर्माण गरिएको हो। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- चैत २१
मौरीको घार ।  सर्लाहीको लालबन्दी नगरपालिका–५ स्थित दुग्ध विकास संस्थानको शाखा कार्यालय हाताभित्र स्थानीय किसानले चरनको लागि राखेको मौरीको घारहरू। तस्बिर: सिंगबहादुर थापा/रासस
प्रतिक्रिया दिनुहोस्