आजका तस्बिर- चैत २०
आजका तस्बिर- चैत २०
कुरी बजार ।  दोलखा जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकियस्थल कालिन्चोकको फेदीमा रहेको कुरी बजार क्षेत्र। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
आजका तस्बिर- चैत २०
स्यार्पु ताल र बस्ती ।  रूकुम पश्चिमको बाफीकोट गाउँपालिका-३ मा पर्ने पर्यटकीयस्थल स्यार्पु ताल र ताल छेउमा रहेको बस्ती। तस्बिर: बलबहादुर ओली (बलेन्द्र)/रासस
आजका तस्बिर- चैत २०
सुमेरू हिमाल ।  दोलखा जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल कालिञ्चोक मन्दिरबाट देखिएको सुमेरू हिमाल। तस्बिरः चन्द्रकला क्षेत्री/रासस
आजका तस्बिर- चैत २०
गुराँसको जंगल र अन्नपूर्ण हिमाल ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जंगलमा फुलेको लालीगुराँस र पृष्ठभूमिमा रहेको अन्नपूर्ण हिमालको मङ्गलबार बिहान देखिएको दृश्य। गुराँसको जङ्गल र हिमशृङ्खलाको सौन्दर्यमा रमाउन घोडेपानी उपयुक्त गन्तव्य हो। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- चैत २०
समाजवादी मोर्चाको बृहत् अन्तर्क्रिया कार्यक्रम ।  काठमाडौंमा समाजवादी मोर्चाको बृहत् अन्तर्क्रिया कार्यक्रम सुरू भएको छ। मंगलबार दिउँसो काठमाडौंको राष्ट्रिय सभागृहमा नेपाली विशेषताको समाजवाद विषयमा बृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत २०
विरोध प्रदर्शन ।  काठमाडौंको बालुवाटारस्थित वर्ल्ड वाइल्डलाइफ फन्डको कार्यालय परिसरमा नागरिक समाजको प्रदर्शन। तस्बिर: निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्