आजका तस्बिर- चैत १७
आजका तस्बिर- चैत १७
सगरमाथा आधार शिविर ।  विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविर (बेस क्याम्प)। यस आधार शिविर समुद्री सतहबाट पाँच हजार ३६४ मिटरको उचाइमा पर्छ। तस्बिर: सुवास दर्नाल/रासस
आजका तस्बिर- चैत १७
पाकेको गहुँबाली ।  शुक्लाफाँटा नगरपालिका– ३ का किसानको खेतमा लगाएको पाकेको गहुँबाली। पर्याप्त वर्षा नहुँदा यस वर्षा गहुँको उत्पादनमा गिरावट आउने अनुमान गरिएको छ। तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिर- चैत १७
विद्युतका खम्बा ।  नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले सुर्खेतका विभिन्न ठाउँमा विद्युतीकरण गर्नका लागि वीरेन्द्रनगर नगरपालिकाको खुला मञ्चमा जम्मा गरिएका पोलहरू। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- चैत १७
बासस्थानमा घडियाल गोही ।  प्राकृतिक बासस्थानमा छाडिएको चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित प्रजनन केन्द्रमा हुर्काइएको घडियाल गोही। भरतपुर भ्रमण वर्ष–२०२४ को सन्दर्भ पारेर शनिबार वडा नम्बर २२ र २३ को सिमाना राप्ती नदीमा २० वटा गोही छाडिएको छ । तस्बिर: कृष्ण आचार्य/रासस
आजका तस्बिर- चैत १७
रैथाने बस्ती पाङबोचे गाउँ ।  सगरमाथा क्षेत्रको सबै भन्दा नजिकको रैथाने बस्ती पाङबोचे गाउँ । यस भन्दा माथि व्यावसायिक तवरले विस्तार गरिएका घरहरु भएपनि रैथाने बस्ती भने यस भन्दा माथि नरहेको स्थानीय बताउँछन् । तीन हजार ९८५ मिटरको उचाइमा अवस्थित यस गाउँमा शेर्पा समुदायको बसोबास छ । तस्बिरः सुवास दर्नाल/रासस
प्रतिक्रिया दिनुहोस्