आजका तस्बिर- चैत १५
आजका तस्बिर- चैत १५
अस्थायी रूपमा बनाइएका पानी घट्ट ।  जाजरकोटको भेरी नगरपालिका–१ रिम्नामा स्थानीयवासीले भेरी नदीभित्रै अस्थायी रूपमा निर्माण गरेको पानी घट्टहरू। यहाँ हिउँद र गर्मी सिजनमा नदीको बहाव कम भएपछि अस्थायी रूपमा घट्ट निर्माण गरिन्छ भने वर्षा सिजनमा सबै उठाउने गरिन्छ। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- चैत १५
व्यावसायिक फूलखेती ।  दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित जलजला पुष्प खेती तथा नर्सरीका प्रोप्राइटर लोकेन्द्र मगरले १२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक रूपमा गरिएको बिजुली फूल खेती। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- चैत १५
गरुड शिला ।  जिल्बागलुङको बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला। तस्बिर: खेमराज गौतम/रासस
आजका तस्बिर- चैत १५
लघुना मृग ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा चर्न आएको लघुना मृग। अंग्रेजीमा यसलाई हग डियर भनिन्छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- चैत १५
पानी बोकेर आउँदै गरेका युवतीहरू ।  ललितपुरको ग्वार्कोस्थित सडक किनारमा पानी बोकेर आउँदै गरेका युवतीहरू। तस्बिर: नविनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्