दुरा समुदायको नमूना घर । चितवनको नारायणी नदी किनारमा निर्माण गरिएको दुरा समुदायको नमूना घर। नेपाल आदिवासी जनजाति महासङ्घ चितवनको आयोजनामा शुक्रबारदेखि सुरू भएको जनजाति सांस्कृतिक महोत्सवमा विभिन्न ११ जातिको नमूना घरहरू निर्माण भएका छन्। तस्बिर: हीरालाल गुरूङ/रासस
बौद्ध स्तूपमा पर्यटक । सगरमाथा क्षेत्रमा अवस्थित बौद्ध स्तूपमा पर्यटक । खुम्बु क्षेत्र भ्रमणका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरु यस क्षेत्रमा पुगेर तस्बिर कैद गर्ने गर्छन् । तस्बिर : सुवास दर्नाल/रासस
होरी खेल्दै । कैलालीको टीकापुरमा फागु पूर्णिमाको अवसरमा खेलिने होरी खेल खेल्दै स्थानीय । विशेषगरी सुदुरपश्चिममा देउडाको माध्यमबाट भगवानको गाथा गाउँदै होरी खेल्ने चलन रहेको छ। तस्बिर: झलनाथ खनाल/ रासस
म्याग्दीको मुना गाउँ । म्याग्दीको धौलागिरि गाउँपालिका–३ मा पर्ने मुना गाउँ। यो गाउँमा रहेका परम्परागत रैथाने ढुंगे घरले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षण बनेका छन्। तस्बिर: ध्रुवसागर शर्मा/रासस
लक्ष्मीनारायण तलाउ । महोत्तरीको प्रसिद्ध धार्मिकस्थल मटिहानी ७ मा रहेको लक्ष्मीनारायण तलाउको शनिबार बिहानीपखको दृश्य। तस्बिर: गोपालप्रसाद बराल / रासस