सामान बोकेर मालिकाधुरीतर्फ जाँदै भरिया । म्याग्दीको पर्यटकीयस्थल टोड्केबाट मालिकाधुरीतर्फ जाँदै गरेका पर्यटक र पर्यटकका सामान बोकेका भरिया। तस्बिर: कमल खत्री/रासस रामीडाँडा गाउँ । बारेकोट गाउँपालिका–१ रामीडाँडास्थित गाउँ। तस्बिर: हेमन्त केसी/रासस हिउँमा खेल्दै बालबालिका । मनाङ हिमपातपछि सेताम्य भएको चामे गाउँपालिका– १ तिमाङमाका बालबालिका हिउँमा खेल्दै गरेको दृश्य। तस्बिर: नवीन लामिछाने/रासस बुद्धको मूर्ति । काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थलीमा रहेको बुद्धको प्रतिमा। तस्बिर: हरिराम भेटुवाल/रासस सदरमुकाम घोराही बजार । ड्रोन क्यामराबाट खिचिएको दाङ जिल्लाको सदरमुकाम एवम् घोराही उपमहानगरपालिकाको केन्द्र घोराही बजार। तस्बिर: कुलदीप न्यौपाने/रासस