तोरी खेती । धनकुटाको पाख्रीबास नगरपलिका वडा नं. ५ स्थित अरूण नदी किनारमा रहेको खेतमा किसानहरूले लगाएको तोरी खेती। जिल्ला कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांक अनुसार जिल्लामा छ सय २० हेक्टरमा तोरी खेती हुने गरेको छ। तस्बिर: नारायण कुमार राई/रासस
कुन्छाल गाउँ । मकवानपुरको थाहा नगरपालिका वडा नं. १ मा अवस्थित कुन्छाल गाउँका घरहरु । गोपाली समुदायको बसोबास रहेको यस गाउँका स्थानीयले कुखुरा पाल्दैनन्। तस्बिर : हरिराम भेटुवाल / रासस