कुहिरोले ढाकेको चुप्रा बजार । दैलेखको नारायण नगरपालिकास्थित बजारबाट देखिएको कुहिरोले ढाकेको चुप्रा बजार र आसपासको क्षेत्र। तस्बिरः सुरेश आचार्य/रासस
किस्पाङको नौ घडेरी ढुंगा । नुवाकोटको किस्पाङ गाँउपालिका–१ र २ मा अवस्थित ऐतिहासिक नौ घडेरी ढुंगा। खम्पाविद्रोह गरेर आएका नौ परिवारले घर बनाई बसोबास गरेकाले यस ढुंगालाई नौ घडेरी नामकरण गरिएको हो। यहाँबाट नुवाकोटको अधिकांश भूभाग अवलोकन गर्न सकिने हुँदा पर्यटकका लागि उपयुक्त गन्तव्यस्थलको रूपमा परिचित छ। तस्बिर: रामहरि न्यौपाने/रासस
सिताके च्याउ । इलामको माइजोगमाई गाउँपालिकाका घनेन्द्र काफ्ले र रामप्रसाद काफ्ले दाजुभाइले काठको मुडामा उत्पादन गरेको सिताके च्याउ। तस्बिर : टीका खतिवडा/रासस
तरबार नाच प्रदर्शन गर्दै गाउँपालिका अध्यक्ष । तरबार नाच प्रदर्शन गर्दै बागलुङ निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती। बाइसे चौबिसे राजाको पालादेखि नाच्दै आइएको यो नाच अहिले पनि प्रचलनमा छ। तस्बिरः डम्मर बुढामगर/रासस