रियल स्टेट एक्स्पो । घरजग्गा व्यवसायसम्बन्धी प्रदर्शनी ‘रियल स्टेट एक्स्पो’ आजदेखि सुरू भएको छ। नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको एक्स्पो पुस १५ गतेसम्म चल्नेछ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
कुहिरोले ढकमक्क । तनहुँको ऋषिङ गाउँपालिका–२ डाँडाखुदीबाट बिहीबार बिहान देखिएको कुहिरो। चिसो मौसममा यहाँका डाँडाबाट कुहिरोले ढकमक्क ढाकेको दृश्य देख्न सकिन्छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
रइटामा ऊनको धागो बनाउँदै महिला । रेस्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा अङ्ग्रेजी नयाँ वर्ष २०२४ का अवसरमा आयोजित २५औँ पोखरा सडक महोत्सवमा रइटाबाट ऊनको धागो बनाउँदै महिला। तस्बिरः राधिका कँडेल/रासस
परम्परागत घर । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा परम्परागत घर पृष्ठभूमिमा देखिएको गुर्जा र चुरेन हिमाल। तस्बिर: कमल खत्री/रासस
मिलचरा 'सानो न्याउली' । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा देखिएको मिलचरा। रूखलाई प्वाल पारेर त्यहीँभित्र गुड बनाएर बस्ने मिलचरालाई सानो न्याउली पनि भने गर्दछन्। तस्बिर: कुलदीप न्यौपाने/रासस